संसद बैठक बस्दै, एमालेले झन् कडा अवरोध गर्ने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

संसद बैठक बस्दै, एमालेले झन् कडा अवरोध गर्ने



काठमाडौं- पुनर्स्थापित प्रतिनिधि सभाको तेह्रौ बैठक आज दिउँसो २ बजे बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

एमालेले आजपनि सदन अवरुद्ध पार्ने तयारी गरेको छ । सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल एमालेले अस्वीकार गर्दै आएको छ।

कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ । अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ ।