एमालेले भन्यो- गोरखामा धाँदली भयो, पुन: मतदान गरौँ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एमालेले भन्यो- गोरखामा धाँदली भयो, पुन: मतदान गरौँ



गोरखा- नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले गोरखाको निर्वाचन क्षेत्र १ र २ मा पुन: मतदान गर्नुपर्ने माग गरेको छ ।

एमालेले पुनः मतदान गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ। जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा गठबन्धन पक्षबाट अवान्छित क्रियाकलाप गरेको भन्दै यस्तो माग गरेको हो।

मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरेको एमाले जिल्ला कमिटीको आरोप छ।

‘मतदान केन्द्रमा भएका निर्वाचन विरोधी क्रियाकलापको घोर भर्त्सना गर्दै उक्त क्रियाकलापप्रति नेकपा एमाले गोरखा असहमति जाहेर गर्दछ’,विज्ञप्तिमा भनिएको छ,‘उक्त घटनाहरूको निष्पक्ष छानबिन गरि पुन निर्वाचन गर्न आयोगको ध्यानाकर्षण समेत गर्दछौँ।’