२० हजार शब्दको एमाले घोषणापत्र, ओलीको हत्केला स्क्यान गरेर सार्वजनिक - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

२० हजार शब्दको एमाले घोषणापत्र, ओलीको हत्केला स्क्यान गरेर सार्वजनिक



काठमाडौं– नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक गरेको हो।

होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरेका हुन्।

त्यसक्रममा घोषणापत्रको विशेषता सार्वजनिक गरिएको थियो।

कार्यक्रमस्थलमा प्रस्तुत भिडिओअनुसार एमालेको घोषणापत्रमा २० हजार शब्द छन्।

त्यसमा मुख्य दुई प्रश्न सोधिएको छ। पहिलो, सूर्य चिह्नमा मतदान किन गर्ने? दोस्रो, सूर्य चिह्नबाहेक अन्यत्र किन मतदान नगर्ने?