ओलीको गैँडावाला भाषण र गैडाले बोकेको एमालेको झण्डा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

ओलीको गैँडावाला भाषण र गैडाले बोकेको एमालेको झण्डा



काठमाडौं- एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। महाधिवेशनका लागि राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको लोगोमा हसिया हथौडाअंकित कम्युनिष्टको झण्डा उभिएको गैडाले बोकेको छ। गैडाको दाहिने हातले झण्डा बोकेको छ।

यो एमालेको दसौं महाधिवेशन हो। गैंडाले बोकेको झण्डालाई एक र सूर्य चिन्हलाई शून्यको संकेत दिइएको छ। वातावरणमैत्री, राजनीतिक र पर्यावरणीय सन्देशका लागि गैडाको प्रयोग गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

चितवनको सौराहामा महाधिवेशन आयोजना हुँदैछ। सौराहा गैडाका लागि प्रख्यात मानिन्छ। पर्यटन प्रवद्र्धनका लागि पनि गैडालाई उभ्याइएको हो। प्रायः खेल क्षेत्रमा प्रयोग गरिने मस्कटको प्रयोग एमालेले गरेको छ।

त्यतिमात्र होइन एमाले अध्यक्ष ओलीले गत चुनावमा चितवनमा गैँडाकै बारेमा भाषण गरेका थिए । उनले गरेको त्यो भाषण निकै भाइरल समेत भएको थियो । ओलीले त्यतिबेला गरेको भाषणमै पनि गैँडाबारे ओलीको बुझाई फरक देखिन्थ्यो ।

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन्। त्यसका लागि शनिबार देशभर प्रतिनिधि चयन हुँदैछ।