एमालेले फेरि ल्यायो पानीजहाजमा योजना
काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुनः दोहोर्याएको छ ।
अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो ।
यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुन्द्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुन्द्रसम्मको जल यातायात सञ्चालन गर्ने समेत एमालेको घोषणा छ ।