राष्ट्रियसभा निर्वाचनमा एमालेलाई जित्न नदिन गठबन्धनको नयाँ रणनीति - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई जित्न नदिन गठबन्धनको नयाँ रणनीति



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको छ ।

आगामी माघदेखि खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उमेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबण्डा गरिएको छ । एमालेबाट खाली हुने सिटमध्ये तीनवटा कांग्रेस, दुईवटा जसपाले लिने सहमति भएको छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक एक सिट लिनेगरी सहमति जुटेको पौडेलले जानकारी दिइन् ।

आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।