एमालेको एकता घोषणा आज हुने - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमालेको एकता घोषणा आज हुने



काठमाडौं- नेकपा एमाले पार्टी भित्रको समस्या समाधान गर्न गठित कार्यदलले आज औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार सबैले सुखद खबर सुन्न पाउने बताए। ‘आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुन्छ’, नेता नेम्बाङले भने। उनले भनेका थिए, ‘हामीले साह्रै मेहनतका साथ काम टुङ्ग्याए बराबर छ। आइतबार विहान ८ बजे तपाईहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ।’

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि समस्या लगभग समाधानको अवस्थामा पुगेको र अब त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए।

‘हामी आइतबार पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ। त्यो विन्दुसम्म पुर्याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ’, उनले भने, ‘अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ। आइतबार एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ।’

शनिवारको बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ।