यी हुन् एमालेले चुनावमा उठाउने पाँच एजेण्डा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यी हुन् एमालेले चुनावमा उठाउने पाँच एजेण्डा



गलकोट- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पाँच एजेण्डा लिएर चुनावका लागि जनताकोमा जान लागेको बताएका छन् ।

उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको बताए ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक सङ्कट तथा भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जान तयार भएको बताए ।