कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा एमाले विजयी
झापा, २२ असार ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगरसमेत रहेको भद्रपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
कांग्रेस उम्मेद्वारलाई पराजीत गर्दै एमालेका उम्मेद्वार जीवनकुमार श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठले ११ हजार ४२ मत प्राप्त गरे भने पोखरेलले ७ हजार २ सय १५ मत मात्र ल्याए ।