एमालेबाट निर्वाचित जनप्रतिनिधि आफ्नै पार्टीका नेताबाट कुटिए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एमालेबाट निर्वाचित जनप्रतिनिधि आफ्नै पार्टीका नेताबाट कुटिए



हेटौँडा- हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष नवीन सिग्देलमाथि एमालेकै नेताले कार्यकक्षमै पुगेर कुटपिट गरेका छन्।

नेकपा एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि एमालेकै नेता सानु लामा दोङले मंगलबार कुटपिट गरेका हुन्।

कुटपिट गर्ने दोङविरुद्ध सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मंगलबार नै उजुरी दिएका छन्। कुटपिट गर्ने दोङ फरार रहेको प्रहरीले बताएको छ।

सिग्देल ०७४ मा पनि सोही वडामा निर्वाचित भएका थिए। दोङ भने एमाले निकट युवासंघ नेता र जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष समेत हुन्।