एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश



काठमाडौं, असार १ ।

चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन्  ।

कार्कीलाई माओवादीले चौदण्डीगढी नगरपालिकाको मेयर पदमा उम्मेदवार दिने समेत घोषणा गरेको छ । माओवादीवाट उहाँको उम्मेदवारीको घोषणा पछि उदयपुरमा नयाँ तरङ्ग ल्याइदिएको छ । सबै पार्टी पंक्तिमा उदयपुरमा अहिले यही विषयले चर्चा पाएको छ ।

आजै उम्मेदवारीको घोषणा गर्दै कार्कीको स्वागतमा माओवादी केन्द्रले स्थानीय बेल्टार बजारमा विशाल ¥यालि समेत निकालेको छ । पार्टीले फूलमाला र बाजागाजा सहित उहाँलाई स्वागत गर्दै बजार परिक्रमा गराएको थियो ।

माओवादी केन्द्रले आफूलाई उच्च सम्मानका साथ चौदण्डीगढीको मेयर पदमा उम्मेदवारी बन्ने अवसर दिएकोमा कार्कीले पार्टीप्रति आभार व्यक्त गर्नुभएको छ । उदयपुर जिल्लाको समग्र समृद्धिलाई मध्यनजर गर्दै विभिन्न परियोजनाको कल्पनाका साथै कार्यन्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने बताए ।  उदयपुरलाई समृद्ध जिल्ला र नगर बनाउने परिकल्पना सहितको आफ्नो अभियानलाई सबैका साथ र सहयोग आवश्यक रहेको उनी बताउँछन ।

‘उदयपुर प्राकृतिकरुपमा सम्पन्न, पर्यटकीय तथा धार्मिक महत्वको विशिष्ट स्थानमा रहेको जिल्ला हो ।’ उनले भने– ‘यहाँका जल, जंगल, जमिन, जडिबुटीलगायतलाई संरक्षण गर्दै विकासमा लाग्ने हो भने उदयपुर समृद्ध जिल्ला बन्नेछ ।’