किर्ति आजादको ट्वीटबारे एमालेको वक्तव्य - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

किर्ति आजादको ट्वीटबारे एमालेको वक्तव्य



भारतीय जनता पार्टीका सांसद किर्ति आजादले केही दिनअघि दिएको अभिव्यक्तिको सत्तारुढ दल नेकपा एमालेले निन्दा गरेको छ । सो पार्टीको वैदेशिक मामिला विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद आजादले दिएको अभिव्यक्तिप्रति निन्दा गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला शुक्रबार भाजपाका सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भन्ने अभिव्यक्ति ट्वीटमार्फत दिएका थिए ।

एमालेले सांसद आजादको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानमाथि प्रहार गरेको भन्दै भत्र्सना गरेको हो । एमालेले सांसद आजादको अभिव्यक्तिलाई भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा दिएका अभिव्यक्तिले खण्डन गरिसकेको जनाउँदै आइन्दा दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने खालका यस्ता अभिव्यक्ति प्रकट नहुने व्यवस्था मिलाउन सरकारलाई आग्रह समेत गरेको छ ।