एमाले बैठक सुरू: अन्य कारण देखाएर नेताहरूलाई निष्काशन गर्ने तयारी - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

एमाले बैठक सुरू: अन्य कारण देखाएर नेताहरूलाई निष्काशन गर्ने तयारी



काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरीत केही सांसदले विश्वासको मत दिएको विषयमा समीक्षा हुने बताइएको छ।

आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गर्नेहरु एमालेमा नरहने निर्णय गरेको थियो।

तर‚ सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन हुँदा ह्वीप नलाग्ने र पार्टी ह्वीप नमान्नेलाई कारबाही हुन नसक्ने फैसला सुनाइएकाले अरु कारण देखाएर उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने एमालेको तयारी छ।

आइतबार देउवालाई एमाले अध्यक्ष ओली पक्षका ८ र वरिष्ठ नेता नेपाल पक्षका १४ जना सांसदले विश्वासको मत दिएका थिए। १० जना सांसद मतदानमै सहभागी भएनन्।