एमालेद्वारा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एमालेद्वारा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ। स्थानीय तहको निर्वाचन मिति घोषणाका विषयमा देखिएको अन्योलबारे छलफल गर्न प्रधानमन्त्रीले भोली बिहान ९:३० बजेका बालुवाटारमा बैठक डाकेका छन्।

तर, यसअघि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको एमालेले यसपटक पनि बैठक बहिस्कार गर्ने भएको छ । कुनै पनि सर्वदलीय बैठकमा उपस्थित नभएको एमाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको उपस्थित हुने भएपछि बैठक बहिस्कार गर्ने भएको हो ।

एमालेका एक नेताका अनुसार माधव नेपाल सहभागी हुने कुनै पनि कार्यक्रममा उपस्थित नहुने एमालेको अडान भएकाले बैठक बहिस्कार गर्ने बताए । नाम नलेख्ने सत्रमा उनले भने ‘हामीले माधव नेपालको पार्टीका मान्छे उपस्थित हुने वडा तहको कार्यक्रममा त नजान सर्कुलर गरेका छौँ, सर्वदलीय भनेर कसरी जाने ?’

उनले अगाडी भने, ‘कार्यक्रममा हामी सहभागी हुँदैनौं। प्रधानमन्त्रीले सभामुखले कारबाही नगरेसम्म हाम्रो अडान उही नै हो । नत्र माधव नेपाल सहितका १४ सांसदलाई कारबाही गरिनुपर्छ ।

माधव नेपालसहितका १४ जना सांसद्को पद खारेज हुनुपर्ने मागसहित एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ।