बागमती प्रदेशसभा बैठक पनि एमालेद्वारा अवरुद्ध - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बागमती प्रदेशसभा बैठक पनि एमालेद्वारा अवरुद्ध



काठमाडौं। बागमती प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत आज बसेको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ। प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने बित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका हुन्।

सरकारले गरेको कुलेखानी सुरुङमार्ग निर्माण गर्ने योजना फिर्ता लिएको, विद्युतीय बस खरिद प्रक्रिया रोकेको, विगतमा सात वटा मन्त्रालय मात्र रहेकामा १४ वटा पुर्या‍उन खोजेको, मुख्यमन्त्रीले जनताले तिरेको कर समाजवादी पार्टी सङ्गठन निर्माणमा दुरुपयोग गर्न थालेको, विकास निर्माणको रकमलाई मन्त्रालय थपेर बजेट दुरुपयोग गरेकोजस्ता आरोप एमालेले लगाएको छ।

सभामुख श्रेष्ठले एमाले प्रदेशसदस्यलाई पटकपटक बस्न आग्रह गरेपनि उनीहरुले नमानेपछि आजको बैठक स्थगन गरे। उनले ८ पुसमा ११ बजे अर्को बैठक बस्ने निर्णय गरेका छन्।