एमालेको एप्स सार्वजनिक, अब सदस्यता पनि एप्सबाटै - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एमालेको एप्स सार्वजनिक, अब सदस्यता पनि एप्सबाटै



काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको परिवर्तित लोगो सार्वजनिक गरेका छन्। एमालेले विधान महाधिवेशनबाट रातो सूर्यभित्र सुनौला हँसिया हथौडासहितको लोगो परिवर्तन गरिएको हो।

लोगो हस्ताक्षर गरेपछि ओलीसहितका शीर्ष नेताहरुले त्यसलाई हलमा सार्वजनिक गरेका हुन्।

एप्सबाट पार्टीको सदस्यता लिन सक्ने र तत्काल स्वीकृति दिनसक्ने व्यवस्था मिलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। यस्तै, स्मार्ट फोनबाट नवीकरण दस्तुर तिरेपछि पार्टी सदस्यता नवीकरण पनि गर्न सक्ने उनले बताए।

यस्तै, पार्टीको अपानि सबै सदस्यले तत्काल पाउने व्यवस्था हुने पनि उनले पनि बताए। पार्टी सदस्य लिएकाहरुको पनि त्यसमा प्रोफाइल रहने तामाङले जानकारी दिए। पालिका, जिल्ला, प्रदेश, केन्द्र कमिटिका विवरण पनि एप्समा समेटिने जनाइएको छ। ओलीले फोनमा स्वीच थिचेर एप्स शुभारम्भ गरेका थिए। एप्स असगर अलीसहितको टिमले बनाएका हुन्।