एमालेको वडा अधिवेशन कात्तिक ६ गतेदेखि, ओलीले एकसाथ उद्घाटन गर्ने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एमालेको वडा अधिवेशन कात्तिक ६ गतेदेखि, ओलीले एकसाथ उद्घाटन गर्ने



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते (शनिबार) देखि सुरु हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

आगामी शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले बताए। यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने तामाङकोे भनाइ छ।

हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ।