बर्खास्त गरिएका कर्मचारीहरूलाई एलोन मस्कले फिर्ता बोलाए - Himal Post Himal Post
  • ८ मंसिर २०८१, शनिबार
  •      Sat Nov 23 2024
Logo

बर्खास्त गरिएका कर्मचारीहरूलाई एलोन मस्कले फिर्ता बोलाए



न्युयोर्क -​ एलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले फेरि जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो ।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५०% कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्वीटमा भनेका थिए ।