फोटो खिच्दा हात्तीले दियो दनक(भिडियो) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

फोटो खिच्दा हात्तीले दियो दनक(भिडियो)



काठमाडौँ –

अफ्रिकी मुलुक जाम्बिया पुगेकी एक अमेरिकी पर्यटकलाई हात्तीले सुँढले हिर्काएको छ। अमेरिकी पर्यटकहरूको एक टोली हात्ती नजिक पुगेको बेलामा घटना भएको हो। भिडियोमा देखिन्छ, सानो छेकोपछाडि रहेको हात्तीले मानिसहरूका अगाडि सुँड तेर्स्याउँछ।

पर्यटकहरूले उसको सुँड बिस्तारै सुम्सुम्याउँछन्। एक महिला चाहिँ हाँसीहाँसी फोटो खिच्न खोजिरहेकी हुन्छिन्। तर हात्तीले खतरनाक आक्रमण गर्ला भनी उनले सोचेकी पनि थिइनन्। हात्तीले आफ्नो सुँड अलिकति पछि हटाएर महिलालाई अनुहारको दाहिनेपट्टि चड्कन लगाउँछ।

हात्तीको सुँडको शक्ति यति बलियो हुन्छ कि ती महिला आफूपछाडि उभिएका एक व्यक्तिको अँगालोमा बजारिन्छिन्। त्यसपछि हात्तीले सुँडले फोन लिन खोजेको र एकजना दर्शक चिच्याएको देखिन्छ।

भिडियो खिच्ने मानिसले त्यो फोन टिप्छन् अनि चिच्याउने दर्शकले सन्तोषको सास फेर्छन्। ती व्यक्तिलाई महिलाको भन्दा फोनको बढी पीर परेको देखिन्थ्यो।भिडियो हात्तीको अग्रभागको सटसँगै सकिन्छ। औसत अफ्रिकी हात्ती साढे दुईदेखि चार मिटर अग्लो हुन्छ र २०० देखि ६०० किलो तौल हुन्छ।

(एजेन्सी)