निर्वाचन आयोगले माफी माग्यो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

निर्वाचन आयोगले माफी माग्यो



काठमाडौं- निर्वाचन आयोगले माफी मागेको छ । आयोगले निर्माण गरेका चुनाव प्रचारका सामाग्रीहरू गुणस्तरीय नभएको भन्दै आलोचना भएपछि माफी मागेको हो ।

आयोगले निर्वाचन सचेतनाको लागि तयार पारेको गीति सामाग्री सामाजिक सञ्जालमा राखेपछि आयोगको चर्को आलोचना भएको थियो । राज्यको ढुकुटीमा यस्ता झुर काम गरेर पैसा सकेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

आयोगले बनाएको भिडियो सिकारुले बनाएको जस्तो देखिन्थ्यो । न सुर न ताल, केही नमिलेको त्यो सामाग्रीलाई अहिले भने आयोगले हटाएको छ ।

चार आलोचना भएपछि आयोगले भिडियो हटाउँदै माफी मागेको छ । आयोगले भनेको छ, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौँ। यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ।’