एकता पछी पेरिसडाँडा पुगेर सहिदलाई श्रद्धाञ्जली दिने पहिलो मन्त्री बने भट्टराई - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

एकता पछी पेरिसडाँडा पुगेर सहिदलाई श्रद्धाञ्जली दिने पहिलो मन्त्री बने भट्टराई



काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पेरिसडाँडा पुगेर सहिदलाई श्रद्धाञ्जली दिने पहिलो मन्त्री बनेका छन् ।

साथै आज नै मन्त्री भट्टराई तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय मदननगर बल्खु पुगी भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बल्खुबाट मन्त्री भट्टराईले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन। उनी पार्टी कार्यकर्ता, समर्थकसहित पूर्व माओवादीको कार्यालय पुगेका थिए ।

जनयुद्धका सहिद र वेपत्ताहरुको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर मन्त्री भट्टराईले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली पछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले नेकपालाई यो स्थानसम्म ल्याउन सहिद र वेपत्ताहरुको महत्वपूर्ण भूमिका भएको बताए ।