एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे



सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन्। यो खबर आजको कारोबार दैनिका शिव बोहराले लेखेका छन्।

यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन्।

उनीहरुले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिका कार्यान्वयन हुनुपर्ने माग गरेका छन्।  यातायात मजदुरले व्यवसायीको आन्दोलनमा आफूहरुको समर्थन नभएको बताएका छन्।