के भयो प्रधानमन्त्री ओलीलाई एक्कासी ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

के भयो प्रधानमन्त्री ओलीलाई एक्कासी ?



प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि वीर अस्पतालको वार्षिकोत्सवमा सहभागी हुन सकेनन्। आइतबार मध्याह्न साढे १२ बजे वीरको कार्यक्रममा प्रधानमन्त्री जाने तय भए पनि अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले अस्वस्थताका कारण आउन नसक्ने जानकारी दिएको हो।

‘प्रधानमन्त्रीज्यू कार्यक्रममा सहभागी हुन आउने तय भएको थियो। तर, कार्यक्रम सुरु हुन लाग्दा उहाँको सचिवालयबाट अस्वस्थका कारण प्रधानमन्त्रीज्यू आउन नसक्ने जानकारी प्राप्त भयो,’ वीर अस्पतालका एक उच्च अधिकारीले भने।

शुक्रबारदेखि अस्वस्थ रहेका प्रधानमन्त्री ओली शनिबार गंगालाल अस्पतालको भवन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। शुक्रबार राति आफ्नो बंगरा फुस्केपछि बिसन्चो भएको उनले बताएका थिए।

प्रधानमन्त्री ओलीको शनिबार राति आर्मी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सबै रिपोर्ट राम्रो आएकाले प्रधानमन्त्री आराममा रहेको जनाइएको छ। गंगालाल अस्पतालको भवन उद्घाटन गर्ने क्रममा उनले आफू ‘अस्थायी बिरामी’ मात्र भएको बताएका थिए। प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।