एकतामा नयाँ मोड: बाबुराम र उपेन्द्रसँग पार्टी एकता गर्ने प्रचण्डको तयारी ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

एकतामा नयाँ मोड: बाबुराम र उपेन्द्रसँग पार्टी एकता गर्ने प्रचण्डको तयारी !



काठमाडौं। वृहत वाम एकता गराउने भन्दै केहीदिन यता प्रयासरत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बिहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।

एमालेसँग पार्टी एकीकरणको तयारीमा रहेका दाहालले भट्टराई र यादवसँग छलफल गरेका हुन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका भट्टराई र यादवसँग थप के के विषयमा छलफल भयो भन्ने प्रष्ट खुलाइएको छैन ।

भेटमा एकता प्रक्रियामा आएको गतिरोधको कारण बैकल्पिक शक्तिहरु ध्रुविकरण हुनुपर्छ भन्ने हेतुले भेटघाट भएको एक माओवादी नेताले बताए । उनले भने ‘एमालेले सम्मानजनक रुपमा एकता स्वीकार्न सकेको छैन अझैपनि अन्योलको वातावरण छ त्यसैले जनताको सेन्टिमेन्ट अनुसार मिल्नुको विकल्प छैन त्यसैले अन्य शक्तिहरुलाई लिएर अगाडी बढ्ने सोचमा पार्टी पुगेको छ” ।

एमालेसँग अनुकूल रुपमा पार्टी एकता हुन नसकेको अवस्थामा के विकल्प हुनसक्छ भन्नेलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ भने, नयाशक्तिका एक नेताका अनुसार प्रचण्ड र बाबुराम आजकल नियमित छलफलमा बसिरहेको कारणले केहि राजनीतिक उतारचडाव हुन सक्छ ।