एकता समाजका संस्थापक सदस्य रानाको निधन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एकता समाजका संस्थापक सदस्य रानाको निधन



नयाँ दिल्ली । तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक सदस्य पदम बहादुर राना मगरको सोमबार निधन भएको छ । पैंसठ्ठी वर्षीय राना लामो समयदेखि प्यारालाइसिसको विरामी हुनुहुन्नथ्यो । भारतमा उपचार गराइरहेका रानाको स्वास्थ्य स्थिति चिन्ताजनक हुँदै गएपछि उहाँलाई स्वदेशस्थित स्याङ्जा जिल्लामा रहेको आफ्नै घरमा लैजाँदै गर्दा बाटोमै उहाँको निधन भएको मूलप्रवाह केन्द्रीय कार्यालय दिल्लीले जनाएको छ ।

संस्थापक सदस्य रानाको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली समाजले गहिरो दुःख व्यक्त गरेको छ । मूलप्रवाहका अध्यक्ष दुर्गा बहादुर केसीले मंगलबार एक वक्तव्य जारी उहाँप्रति श्रद्धाञ्जली एवं सोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले भारतमा छरिएर रहेका नेपाली श्रमजिवीहरुलाई एकता समाजको झण्डामुनी गोलबन्द पार्न पुर्याउनु भएको योगदानको सम्मान गर्नुभएको छ ।