एकता प्रक्रिया लम्बिने: यहाँ मिलेन कुरा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

एकता प्रक्रिया लम्बिने: यहाँ मिलेन कुरा



काठमाडौं – एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात लेलिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ ।

माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता र सांगठनिक भागबन्डा हुनुपर्ने विषय उठाएको छ ।

तर, एमाले त्यसमा सकारात्मक देखिएको छैन । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, एमालेले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव परिणाम हैसियतमा पार्टी सांगठनिक भागबन्डा हुनेगरी एकता चाहेको छ ।