एकता प्रक्रियामा आफ्नो आफ्नो स्वार्थ ! - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

एकता प्रक्रियामा आफ्नो आफ्नो स्वार्थ !



काठमाडौं – नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय तहको एकता आकस्मिक रूपमा हुने अभिव्यक्ति दिए । चुनावी गठबन्धन र एकता घोषणा भएजसरी नै आकस्मिक रूपमा तल्लो तहमा पनि हुने एकता हुने ओलीको भनाइ थियो ।

एकता कहिले टुंगिन्छ भन्ने कुनै ठोस समयसीमा भने छैन । १० महिनादेखि नेकपाका शीर्ष नेता ‘आज भोलि’ भन्दै एकताको समय लम्बाइरहेका छन् । किन त ? दोस्रो तहका नेताहरूका अनुसार एकतामा शीर्ष नेताकै स्वार्थ जेलिएका छन् । त्यसैले एकताको लहर तल्लो तहसम्म आइपुगेको छैन ।

‘तल्लो तहमा होइन, माथिका नेतामै समस्या छ, उहाँहरू अधिकार आफैंमा केन्द्रित गर्न चाहनुहुन्छ, सामूहिक नेतृत्व प्रणालीलाई बिर्संदै जानुभएको छ,’ पञ्चायतकालदेखि पार्टी सञ्चालन प्रक्रियालाई नजिकबाट नियालिरहेका स्थायी समिति सदस्य अमृत बोहोराले भने, ‘सामूहिक नेतृत्वलाई स्थापित गर्नेभन्दा व्यक्तिमा बढी अधिकार केन्द्रित गर्ने खालको प्रवृत्ति देखिँदै छ ।’ यो समाचार दुर्गा खनालले कान्तिपुरमा लेखेकी छन् ।