एकता: एमालेबाट २ सय र माओवादीबाट १५० रहने समझदारी - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

एकता: एमालेबाट २ सय र माओवादीबाट १५० रहने समझदारी



एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता संयुक्त अधिवेशन बोलाउने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुबै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि संयुक्त अधिवेशन बोलाउने सहमति गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

दुई अध्यक्षबीचको छलफलले एकतासँग जोडिएका सबै विषय टुंगो लगाएको हो। एमाले उपमहासचिव विष्णु पौडेलले एकता नै हुँदैन कि भन्ने द्विविधा समाप्त भएको बताएका छन्। माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेठ पहिलो साता दुवै पार्टीको संयुक्त अधिवेशन हुने जानकारी दिएका छन्।

यस्तो छ समझदारी
चुनाव चिन्ह सूर्य, जनयुद्धलाई राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण परिघटना भएको प्रसंग विधान राखिने, केन्द्रीय कमिटिमा एमालेका करिब २ सय र माओवादीका १ सय ५० गरी जम्मा २ सय ९९ हुने लगायतका सहमति।