एमाले-माओवादी एकता प्रक्रियामा लाग्यो ‘ब्रेक’ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमाले-माओवादी एकता प्रक्रियामा लाग्यो ‘ब्रेक’



काठमाडौं – एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ।

एकता प्रक्रिया सहज बनाउन दुई पार्टी सम्मिलित दुई कार्यदलले विवादित केही विषयालई थाती राख्दै मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा पेस गरेका थिए। एकता प्रक्रिया टुंग्याएर मात्रै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा निस्किने भनेपछि दुवै कार्यदलले प्रतिवेदन तयार गरी चैत २० मा प्रतिवेदन बुझाएका थिए ।

तर, चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति जुटेन । आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा समाचार छापिएको छ ।

अन्ततः प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता संयोजन समितिको बैठक बसेर टुंग्याउन दुवै दल सहमत भए ।

प्रधानमन्त्री ओली भारतबाट फर्किएपछि डाकिएको मंगलबारको बैठक स्थगित भएको छ । दुवै पार्टीका शर्ष नेताको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।

अर्को बैठक बुधबार डाकिएको छ । तर, अडानमा दुवै दल तलमाथि गर्ने अवस्थामा नभएकाले सहमति जुट्ने अवस्था कम छ।