यसरी मिल्यो ओली-प्रचण्डबीच एकताको कुरा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

यसरी मिल्यो ओली-प्रचण्डबीच एकताको कुरा



काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डबीच पार्टी एकतामा सहमति जुटेको छ ।

पार्टी पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्नेछ । ओली र प्रचण्डबीच बिहीबार भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा, चुनाव चिहृनबारे सहमति जुटेको हो ।

स्रोतका अनुसार चुनाव चिहृन सूर्य नै हुने भएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा दुबै पार्टीको झण्डै बराबर हुनेछ । वैचारिक तथा सांगठनिक प्रतिवेदनमा केही संशोधन गर्नुपर्ने भए गरेर भएपनि अन्तिम टुंगो लगाउने दुई अध्यक्षको सहमति छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार पार्टी एकता संयोजन समितिको बैठक यही बैशाख २४ गतेको लागि बोलाइएको छ । यो बैठकले नै पार्टी एकता घोषणाको मिति तय गर्नेछ ।