पार्टी एकता: हामी जस्ता तत्कालीन माओवादी पीडितहरूले कसरी लिने ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पार्टी एकता: हामी जस्ता तत्कालीन माओवादी पीडितहरूले कसरी लिने ?



अमृता बञ्जाडे
मालारानी-२ डाडाकटेरी, अर्घाखाँची
(तत्कालीन जनयुद्धको नाममा बीभत्स हत्या गरिएका एमाले कार्यकर्ता हुमानन्द बञ्जाडे उनका पिता हुन् )

अहिले सबैतिर अत्यन्तै चर्चाको विषय बनेको छ दुई ठुला कम्युनिस्ट पार्टी बिचको एकता। हो वास्तवमा आफूलाई कम्युनिस्ट भनेर गर्व गर्नेहरु लगभग सबै यो एकताले खुसी देखिन्छन । तर हिजो जनयुद्धको नाममा भएका घटनाले भने धेरैलाई झस्काएको पनि छ ।

तत्कालीन माओवादीबाट आफ्नै काख रित्याएर छोरो गुमाएका आमाहरू, आफ्नो सिन्दूर गुमाएर बिधुवा बनेका श्रीमतीहरू र बुवा आमा गुमाएर टुहुरा बनेका एमालेहरू कति खुसी होलान् ? वास्तवमा यो एक महत्त्वपूर्ण विषय हो।

हो हिंजो कसैका छोरा ,श्रीमान् र बुवा आफ्नै अगाडि एमाले भएकै कारण मर्नु परेको पीडा त कुन आमा, श्रीमती र छोराछोरीले भुल्न सक्लान् र ? तर के कम्युनिस्ट पार्टीहरू एक हुँदाको खुसीमा उहाँहरू खुसी हुने अबस्थानै छैन त ? के हिजोका हत्यारा भनेकाहरुसँग आज आफ्नै पार्टी मिल्दा हामीहरूले पार्टीनै छाड्नु पर्ने हो त ? यी प्रश्नहरूको समेत जवाफ खोजिनु आवश्यक छ।

अब कुरा रह्यो हिजो उहाँहरू किन मारिनु भयो र आज पार्टी किन एक भयो ? के यी दुवै प्रश्नको जवाफ देशमा आमूल परिवर्तन ल्याई विकास र समृद्धको नेपालीको चाहाना पूरा गर्न भन्ने होइन ? उहाँहरूको बलिदानले देशमा विकास र समृद्धिको ढोका खुल्छ भने त उहाँहरू अम्मर सहिद हुनु भो भन्ने मलाइ लाग्छ।

यहाँनेर एउटा अर्को सवाल उठ्न सक्छ के यी दुई पार्टी मिल्दैमा विकासको आधिबेरीनै आउँछ ? हो हिजो यो वा त्यो कारणले मारिनुभएका सबैको आत्माले शान्ति र त्यसरी पीडित हुनुभएका परिवार पनि यो कम्युनिस्ट एकतामा हात मा हात मिलाएर जाने हो भने विकासको आधीबेहरि आउनै पर्छ र राजनैतिक इमान्दारीता हुनै पर्छ ताकि त्यो पीडित परिवारले गर्व गरेर भन्न सकोस नेपाल कम्युनिस्ट पार्टी प्रति हामीलाई पनि गर्व छ ….हाम्रो छोरा, श्रीमान् अथवा बुवाको बलिदानीले आज देश समृद्ध बन्यो हामी यसैमा खुसी हुनेछौं ।