प्रचण्ड अध्यक्ष बन्ने, बरावरीमा सहमति गर्दै एकतामा 'ब्रेक थ्रु' - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

प्रचण्ड अध्यक्ष बन्ने, बरावरीमा सहमति गर्दै एकतामा ‘ब्रेक थ्रु’



हिमालपोष्ट सम्बाददाता /काठमाडौं

लामो समयदेखिको चर्चाको बिषय बनेको एमाले-माओवादी पार्टी एकता टुङ्गोमा पुग्ने लक्षण देखिएको छ । विभिन्न शक्तिले चलखेल गरेको कारण एकताको टुङ्गो लाग्न नसकेको बताउँदै आएका दुबै पार्टी सहमति नजिक पुगेको बताइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बढी सक्रिएता देखाउँदा पनि ओलीले चाँसो नदेखाएको आरोप माओवादीले लगाउंदै आएको थियो ।  एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुन नदिन एमालेसँग बराबर हिस्सा माग्दै आईरहेका थिए ।

केपी ओलीले प्रचण्डका मागहरु पूरा गरिदिने सहमति जनाएपछि एकता प्रक्रिया टुंगोमा पुग्ने स्थिति बनेको हो ।

दुवै पार्टीका नेताहरुले बाहिर नल्याए पनि ओली र प्रचण्डबीच केही विषयमा भद्र समझदारी भएको छ ।

प्रचण्डको मुख्य चासो रहेको केन्द्रीय कमिटीमा बराबरीको हैसियतलाई ओलीले अधिकतम सम्बोधन गरेको स्रोतले जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्रीको हैसियतमा रहुन्जेल आफू पार्टीको कार्यकारी अध्यक्ष हुन पाउनुपर्ने, महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने र आधा कार्यकाल प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त अघि सारेपछि एकता प्रक्रिया अवरुद्ध हुँदै आएको थियो ।