एकीकृत टुर एण्ड ट्रावल्सको घोषणा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एकीकृत टुर एण्ड ट्रावल्सको घोषणा !



नयाँ दिल्ली,१०  मङ्सिर ।

दशकौंदेखि भारतको राजधानी नयाँ दिल्ली देखि नेपालको विभिन्न सहरहरूमा यातायात सेवा दिँदै आएका केही  ट्रावल्स  बिच  एकता भएको छ ।

सुपा देउराली टुर एण्ड ट्रावल्सका प्रतिनिधि  कृष्ण पौडेलको अध्यक्षतामा भारत नेपाल मैत्री टुर एन्ड ट्रावल्सको केन्द्रीय कार्यालय सकुरपुर नयाँ दिल्लीमा बसेको बैठकमा दिल्लीमा कार्यरत अधिकांश  ट्राभल कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

अस्त व्यस्त दिल्ली नेपाल यातायात सेवालाई सुदृढ गर्दै असमान भाडादरलाई समान बनाउने , यात्रीहरुलाई गन्तव्यमा पऱ्याउन एक अर्कालाई सहयोग गर्नुका साथै अब उप्रान्त सञ्चालन हुने नयाँ  सेवालाई संयुक्त रूपमा चलाउने सहमति  भएको छ  ।

एम्बुलेन्स सेवा, गेस्ट हाउस सञ्चालन लगायतका सेवा सञ्चालन गर्ने लगायत  अन्य  विषयमा सम्पूर्ण कम्पनी सहमत भएर अगाडी बढ्ने कुरा सार्वजनिक भएको हो ।

अपांग, असहाय र अलपत्र परेकाहरुलाई सकुसल नेपालसम्म पठाउने विषयमा समेत बताएका थिए   ।

यस्तो छ नव निर्वाचित एकीकृत टुर एन्ड ट्रावल्स

१ अध्यक्ष : कृष्ण पौडेल – सुपा देउराली

२ उपाध्यक्ष : रामचन्द्र ढुंगाना – भारत नेपाल मैत्री

३ उपाध्यक्ष : बिमल पाण्डे – मनकामना

४ उपाध्यक्ष : सीता बस्याल : सीता टुर एन्ड ट्रावल्स

५ उपाध्यक्ष :एन पि अधिकारी

६ महासचिव : विष्णु कु बस्नेत – युनाइटेड

७ सचिव : माईकल क्षेत्री – सुप टुर एन्ड ट्रावल्स

८ कोषाध्यक्ष : कृष्ण राज गैह्रे – भारत नेपाल मैत्री

९ सह कोषाध्यक्ष : करिस्मा सिंह : रेसुङा ट्रावल्स

सदस्य : शिव भट्टराई

तुलाराम शर्मा