एकैपटक २७ सय नेपाली सेनालाई कारबाही - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

एकैपटक २७ सय नेपाली सेनालाई कारबाही



काठमाडौं- सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय सैनिकलाई विभागीय कारबाही गरेको छ।

नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ सैनिकलाई कारबाही गरेको हो।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबर्जस्ती करणी, चोरी, ठगी, लागुऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो।

कारबाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएकासम्म सैनिक छन्। यो खबर आजको राजधानी दैनिमा महेश्वर गौतमले लेखेका छन्।

सैनिक मुख्यालयका अनुसार गत वैशाखदेखि हासम्मको अवधिमा आफूभन्दा माथिल्ला पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनलाई पनि कारबाही गरिएको छ।