माओवादी केन्द्रको एकै दिन दुई पटक स्थायी समिति बैठक - Himal Post Himal Post
  • ६ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
Logo

माओवादी केन्द्रको एकै दिन दुई पटक स्थायी समिति बैठक



काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ ।

११ पुसदेखि सुररू हुने राष्ट्रिय सम्मेलन उद्घाटन हुनु एक दिनअघि दिउँसो नै दुई पटक स्थायी कमिटी बैठक बोलाएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अपरान्ह १ बजे र दिउँसो ४ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

उनका अनुसार स्वनाम साथीको स्मृति सभालाई सम्बोधन गर्न लागेका प्रचण्डले पत्रकारहरूसँग अन्तरक्रिया पनि गर्नेछन् ।