एकै स्थानमा तीन दुर्घटना एक जनाको मृत्यु १२ जना घाइते - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एकै स्थानमा तीन दुर्घटना एक जनाको मृत्यु १२ जना घाइते



रूपन्देही — रुपन्देहीको सैनामैना नगरपालिका–९ बाँसगढीमा बिहीबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एकै स्थानमा तीन दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको बाँसगढीमा बिहान पौने ३ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ४२१ नम्बरको बसको ढोकाबाट खस्दा सहचालक दैलेखका २८ वर्षीय दानबहादुर कार्कीको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ढोकाबाट खसेका कार्कीलाई पछाडिबाट तीब्र गतिमा आएको ना ५ ख ३३८९ नम्बरको बसले किचेको थियो । त्यति बेला नै बिपरीत दिशाबाट आउँदै गरेको अर्को ना ७ ख ७५६८ नम्बरको बस र ना ५ ख ३३८९ नम्बरको बस ठोक्किँदा १२ यात्रु घाइते भएका हुन । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।