एकै सातामा दुई दिन सार्वजनिक बिदा - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एकै सातामा दुई दिन सार्वजनिक बिदा



काठमाडौं- प्रदेश २ मा आगामी हप्ता पुनः दुई दिन सार्वजनिक बिदा हुने भएको छ । मंसिरमा विवाह पञ्चमीको अवसरमा एक दिन बिदा दिएको प्रदेश २ सरकारले यो बिदाको लगत्तै अर्काे बिदा दिने निर्णय समेत गरेको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो।पत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताका साथ मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश सरकारका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी महोत्सव परेकोले त्यस दिन विदा भएको उनको भनाई छ।

यस्तै प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला यस वर्ष समेत आयोजन भएकोले मंसिर १७ गतेलाई प्रदेश सरकारले विदा दिने मन्त्री परिषदबाटै निर्णय भएको कानुनमन्त्री यादवले बताए। मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिनको लागि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक विज्ञप्ती जारी गर्दै विदाको घोषणा गरेकोहा हो।

विवाहपञ्चमीको अवसरमा मंसिर १५ गते आइतबार प्रदेशमा बिदा हुने सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।