एकै गाउँमा, एकैदिन चार जोडीको विवाह रोकियो - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

एकै गाउँमा, एकैदिन चार जोडीको विवाह रोकियो



रुकुम- रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आज चार जोडीको विवाह रोकिएको छ। जिल्लास्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो।

चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिए।

यस्तै, वडा नं १४ का १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका– १० का किशोर किशोरीका बीच हुन लागेको विवाह समेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ।

यसैगरी, वडा नं– १३ का १७ वर्षीय युवक र १७ वर्षकै युवतीका बीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताए। उनीहरुले उमेर नपुगेर गरेकोले वडा कार्यालयको रोहवरमा विवाह रोकेर आफन्तको जिम्मा लगाइएको हो।

‘नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि बाल सञ्जाललाई सक्रिय पारेका छौँ,’ शाहले भने। रुकुमेली समाज विकास केन्द्रले यस क्षेत्रमा विगत दुई वर्षदेखि बाल सञ्जाल मार्फत
कार्यक्रम गर्दै आएको छ।रासस