एक लाख युवालाई रोजगारी दिन के तयारी गर्दैछन वनमन्त्री ? - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

एक लाख युवालाई रोजगारी दिन के तयारी गर्दैछन वनमन्त्री ?



काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रबाट एक वर्षमा एकलाख रोजगारी सिर्जना गर्ने बताएका छन् । उनले वन क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्याउनेसमेत घोषणा गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार दिउसो गरिएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले सरकारले १ बर्षमा ५ लाख जनालाई रोजगारीको व्यवस्था गर्ने कार्ययोजना अघि सारेको बताएका हुन् । जसमधये २० प्रतिशत रोजगारी वन क्षेत्रबाट उपलब्ध गराँउने उनले बताए । उनले भने, ‘सरकारले १ बर्षमा ५ लाख जनालाई रोजगारीको व्यवस्था गर्ने कार्ययोजना अघि सारेको छ । २० प्रतिशत रोजगारी वन क्षेत्रबाट उपलब्ध गराँउने हाम्रो कार्ययोना छ ।’

मन्त्री बस्नेतले वन सम्वनधी केही नीतिमा सुधार गर्दै सरकार र जनता दुबैलाई लाभ पु¥याउने कार्ययोजना अघि बढाएको बताए । नेपालको कुल भूभागको ४० प्रतिशत वन क्षेत्र हुँदाहुँदै बिदेशबाट काठ आयात गर्नुपर्ने अवस्था सकारात्मक नभएको उनले बताए । उनले वनक्षेत्रबाट देखिनेगरी काम गर्ने भन्दै फाइदामा काठ दाउरालाई मात्र नलिई बहुआयामिक उपयोग गर्ने नीति लिने बताए ।

वातावरणीय सन्तुलनका दृष्टिले नेपालमा वन संरक्षणमुखी योजनाका कारण नीति तथा कानुन कठोर भएको उनले बताए । मन्त्री बस्नेतले ऐनलाई व्यवहारिक वनाएर लैजान आफुले तयारी गरिरहेको जानकारी दिए ।