एक घण्टामा काठमाडौंबाट चितवन पुग्ने द्रुतमार्ग निर्माण गरिने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

एक घण्टामा काठमाडौंबाट चितवन पुग्ने द्रुतमार्ग निर्माण गरिने



काठमाडौं । सरकारले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । यसका लागि चन्द्रागिरि, चित्लाङ हुँदै द्रुतमार्ग निर्माण गरिनेछ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।