यस्तो छ शिक्षामन्त्रीको तीन महिने कार्ययोजना - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

यस्तो छ शिक्षामन्त्रीको तीन महिने कार्ययोजना



काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेले आफूले मन्त्री रहँदा गर्ने कार्यक्रमको मार्गचित्र सार्वजनिक गरेका छन्।

नीति, कार्यक्रम तथा योजनाहरुको ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना मन्त्री पोखरेलले आइतबार सार्वजनिक गरेका हुन्।

विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका वर्ग क्षेत्र र समुदायका शिक्षाबाट वन्चित एक जना बच्चालाई न्युनतम् स्टेसनरी, पोसाक र दिवा खाजाको प्रबन्ध गरी स्वेच्छिक अभिभावकत्व ग्रहण गर्ने यो अभियानमा सहभागी हुनसमेत उनले सबैलाई आग्रह गरेका छन्।

मन्त्री पोरखरेलले आफ्नो एक महिनाको मन्त्रालय अनुभव पनि सार्वजनिक गरेका छन्।

एक महिनको अवधिमा ५ वटा कार्य सम्पन्न भएको भन्दै शिक्षामन्त्री पोखरेलले  त्यसको निरन्तरता हुने बताएका छन्।

चिकित्सा शिक्षा विधेयको प्रतिस्थापन विधेयक ल्याई चिकित्सा शिक्षा अध्यादेश संघीय संसदबाट पारित गराउने, शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयको नयाँ सांगठनिक संरचना निर्माण गर्ने र विद्यालयबाहिर रहेका विद्यालय उमेर समूहका विद्यार्थीलाई भर्ना गराउने अभियानको सुरुवात गर्ने कार्यको थालनी भएको पोखरेलले जनाएका छन्।

यस्तो छ ३० बुँदे कार्ययोजना मार्गचित्र