एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते



बुटवल। एडुकेयर इन्टिच्यूट प्रालि बुटवलले रुपन्देहीमा दोश्रो पटक गर्ने शैक्षिक मेलाको तयारी तीब्र पारेको छ । एडुकेयरले गतसाल पनि फागुन १८ र १९ गते बुटवलमै शैक्षिक भेला गरेको थियो ।

फेबु्अरी २५ र २६ तारिख गरि २ दिने फागुन १३ र १४ गते बुटवलको क्लव डेनोभोमा हुने मेलामा भारतका चर्चित २० युनिभर्षिटीका प्रतिनिधीहरुले नेपालका बिभिन्न कलेजमा अध्ययनरत बिद्यार्थि तथा मेला अबलोकनका लागि आउनेसबैलाइ पछिल्लो अबस्थामा भैरहेको शैक्षिक बिकास ,अबस्था,भबिश्य तथा बिश्वब्यापीकरण शैक्षिक नीति जानकारी गराउने आयोजक संस्था एडुकेयर बुटवलकी प्रबन्धक डाइरेक्टर करिष्मा पाण्डेले बताइन् ।

करिब १० लाखको खर्च लाग्ने उक्त शैक्षिक मेलाले अध्ययनका लागि भारतका बिभिन्न सहरमा जान चाहनेहरुलाइ सहजीकरण तथा सुझाव दिइने कार्यक्रम छ ।


२० स्टल सहभागि हुने सो मेला करिब ३ हजारले अबलोकन गर्ने अनुमान गरिएको छ । मेलामा प्रबेश निशुल्क ब्यबस्था गरिएको छ ।

एडुकेयरले १० बर्षदेखि शिक्षा क्षेत्रमा रहेर इन्टिच्यूटमा गुणस्तरीय शैक्षिक परामर्श दिने काम गरिरहेको छ ।

भारतको मुख्य शहर बैङलोर ,दिल्ली ,देहरादुन,पुनेशहर ,आन्द्रा प्रदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने बिद्यार्थिका लागि यो मेला निकै फलदायी हुने पाण्डेको भनाइ छ ।