एमालेले संसद अवरुद्ध गरिरहे अर्ली इलेक्सन गर्न सर्वोच्चले पनि नरोक्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एमालेले संसद अवरुद्ध गरिरहे अर्ली इलेक्सन गर्न सर्वोच्चले पनि नरोक्ने



काठमाडौँ- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेकपा एमालेले स्थानीय निर्वाचन पछि सार्न नदिन दुई मध्ये एक विकल्प रोज्नुपर्ने बताएका छन् । एमालेले संसद अवरुद्ध गरिरहेको विषय तर्फ संकेत गर्दै उनले

बुधवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै नेता देवकोटाले एमालेले कि संसद चल्न दिनुपर्ने र यदि चल्न नदिने हो भने स्थानीय तहको चुनावसँगसँगै प्रतिनिधि सभाको पनि ‘अर्ली इलेक्सन’ सम्बन्धी संकल्प प्रस्ताव दर्ता गर्नुपर्ने विकल्प रहेको बताएका हुन् ।

उनले प्रतिनिधि सभाको अर्ली इलेक्सनको संस्थागत प्रस्तावमा सत्ता गठबन्धन पनि सहमत हुने विश्वास भएको बताएका छन् ।

उनले सर्वोच्च अदालतले सरकार बन्ने विकल्प रहुन्जेल प्रतिनिधि सभालाई मार्न पाइँदैन भनेर फैसला गरेको स्मरण गराउँदै दुई तिहाईभन्दा बढी जनप्रतिनिधिले चुनावमा जान्छौँ भनेमा यसमा अदालत बाधक नहुने र फैसला प्रभावित नहुनेमा समेत विश्वास व्यक्त गरेका छन् ।