प्रदेश ५ सरकारले लगायो इ-सेवा कारोबारमा प्रतिबन्ध - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

प्रदेश ५ सरकारले लगायो इ-सेवा कारोबारमा प्रतिबन्ध



बुटवल- प्रविधिको प्रयोग बढिरहेको र नयाँ पुस्ताले यसको प्रयोगको आनन्द लिइरहेको बेला प्रदेश ५ सरकारले भने इ-सेवामाथि प्रतिवन्ध लागेको छ। प्रदेश ५ सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विज्ञप्ति नै निकालेर यसबाट हवाई टिकट लगाएतका कारोवार गर्न प्रतिवन्ध लगाएको हो ।

पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ-सेवा लगायतका इ-टिकेटिङ बाट हवाइ टिकेटिङको कारोवार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्द समेत हुने सुचनामा जनाइएको छ ।

प्रदेश नं ५ सरकारले ई-टिकेटिङ अथवा ई-सेवा बाट हवाइ टिकटको व्यवसाय गर्नेलाई कारवाही गरिने समेत जनाएको छ । मन्त्रालयले इजाजत लिएर हवाइ टिकेटिङको कारोवारमा इजाजत नलिइकन कानुनत अबैध रुपमा कारोवार गरिरहेका व्यक्ति, संघ-संस्था तथा फर्महरु लाई अवैध रुपमा कारोवार नगर्न सुचना निकालेको छ ।

नेपाल ट्राभल एण्ड टुर एजेन्ट एसोशियसन प्रदेश नं ५ अध्यक्ष सागर अधिकारीले प्रदेश नं ५ मा अधिकाशं ठाउमा गैरकानुनी रुपमा इ-सेवा लगायतका इ-टिकेटिङ मार्फत हवाइ टिकेटको कारोवार भएको भएकोले यस्तो गर्नुपरेको बताइएको छ ।

एसोशियसनले आफूहरुले लाखौँ रुपैयाँ धरौटी राखेर हवाइ टिकेटको कारोवार गर्ने तर इसेवाको प्रयोग गरि पान पसल देखी लिएर ठुला व्यवसायीले समेत हवाइ टिकेटिङको कारोवार गर्ने गरेका भन्दै यस्तो गरेको बताएको छ । प्रदेश नं ५ का ४८ वटा पर्यटन व्यवसायीले इसेवा र इ टिकेटिङको विरोध गर्दै आफुहरु दर्ता नविकरण गर्न नमाने पछि प्रदेश सरकारले उक्त निर्णय गरेको छ ।