ई–रिक्सा ब्यवस्थापन गर्न आन्दोलनको तयारी - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

ई–रिक्सा ब्यवस्थापन गर्न आन्दोलनको तयारी



आचार्य प्रदीप
बुटवल । ई–रिक्सा संग सम्बद्ध बिभिन्न संस्थाले ई–रिक्साको व्यवस्थापन गर्न दबाब दिन बिभिन्न संघर्षका कार्यक्रमको तयारी गरेको बताएका छन् । उनीहरुले स्थानीय तहमा सरकार गए पनि आफ्ना ब्यवसायी धरासायी भएको भन्दौ दबाब कार्यक्रम हरु सार्बजनीक गरेको जानकारी दिएका छन् ।
बुटवलमा पत्रकार सम्मेलन गदै ई–रिक्सा संग सम्बद्ध संस्थाका प्रतिनिधिले बुटवल उपमहानगरपालिका, यातायात कार्यालय र ट्राफिक प्रहरीले आफुहरु माथि गैरनागरिलाई जस्तो व्यवहार गरेको दुखेसो गरे ।

संयुक्त ई–रिक्सा संचालन व्यवस्थापन समिति बुटवलका संयोजक रबिलाल गौतमले गरिखाने मजदुर बर्गलाई दुख दिने काम भएको बताए । गौतमले ई–रिक्सा चालकलाई कुण्ठित पार्ने , तड्पाउने, लखेट्ने गरि यो राज्य पक्षले गैरनागरिकको व्यवहार गरेको आरोप लागाए ।

ई–रिक्सा व्यवसायलाई व्यवस्थित गर्नुत कता हो कता उल्टै स्वरोजगार मजदुरको यति ठुलो लगानी भएको व्यवसायलाई तहसनहस गर्ने गरि सरकारी पक्ष गैरजिम्वेवार तरिकाले प्रस्तुत भएको भन्दै ई–रिक्सा चालक संघ रुपन्देहीका सल्लाहकार बिनोद दनजालले चरणबद्ध आन्दोलन तय गरिएको जानकारी दिए ।

खनाललले स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित भई आई सक्दा पनि बिकराल बनेको ई–रिक्साको समस्या समाधान गर्ने तर्फ बुटवल उपमहागनरपालिकाले ध्यान दिन नसकेको बताए । उनले कर्मचारी प्रसासन हुदानै केही हद सम्म दर्ता प्रकृया अगाडि बढीसकेको अवस्थामा जनप्रतिनिधि आई सक्दा पनि ध्यानार्कषण हुन नसकेको अवस्थामा आन्दोलीत हुनुपरेको बताए ।

संयुक्त ई–रिक्सा संचालन व्यवस्थापन समितिले ई–रिक्साको बैज्ञानीक व्यवस्थापन, अवरुद्ध दर्ता तथा रुट इजाजत सिफारिस प्रकृया थालनी गर , लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता हुने वातावरण मिलाउ, सरल र सहज रुपमा आवतजावत गर्न सक्ने वातावरण सृजना गर , रुट इजाजत निर्धारण गर लगातका माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आदोलन अन्र्तगत पौष १९ गते ई–रिक्सा चालक र व्यवसायीको भेला र ई–रिक्सामा कलोझण्डा राखी बिरोध जनाउने , २१ गते बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र सहित कार्यालयमा धर्ना दिने र यति गर्दा पनी माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गरि आन्दोलनलाई शशक्त रुपमा अगाडी बढाउने बताईएको छ ।

ईन्धनको बिकल्पमा बिधुतिय उर्जा मार्फत संचालनमा आएका ई–रिक्सा संचालनमा सरकारले प्राथकिता दिने निति बनाए पनि कार्यान्वयनमा स्थानिय तहले ध्यान नदिदा ई–रिक्साको समस्या बिकराल बनेको हो । बुटवला अहिले करिब १८ सय जति ई–रिक्सा रहेको अनुमान छ ।

सडकमा दिनप्रतिदिन अस्त व्यस्थ बन्दै गर्दा ट्राफिक प्रहरी र ई–रिक्सा चालक बिच कुन बाटो हिड्ने भन्ने बिषयमा बिवाद हुने गेरेको छ । भने ई–रिक्सा चालकले ट्राफिकले जथाभावि जरिवाना असुल्ने गरेको आरोप लगाएका छन ।