मैले भष्ट्राचार गर्नु भनेको हिन्दुले गाईको मासु खाए सरह हो : मेयर चौधरी - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मैले भष्ट्राचार गर्नु भनेको हिन्दुले गाईको मासु खाए सरह हो : मेयर चौधरी



इटहरी – पछिल्लो समयमा निकै चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीले आफूले भष्ट्राचार गर्नु भनेको हिन्दु धर्मालम्बीहरूले गाईको मासु खाए सरह हुने बताएका छन् ।

प्राइम टाइमको कार्यक्रममा बोल्दै मेयर चौधरीले उक्त कुरा बताएका   हुन् ।

उनले आफू एक भूमिपुत्र किसानको छोरा भएको भन्दै भनेका छन्, ‘मैलै भष्ट्राचार गरेर खानु पनि नपरोस् । अहिले पनि मलाई पाखाबारी खनेर खान पुग्छ । बारीकै साग खान्छु,आफ्नै गोठको दूध खान्छु ।’

उनले आफूलाई भष्ट्राचार गरेको भन्नेलाई इटहरी आएर हेर्न समेत आग्रह गरे । ‘मेरो जीवनशैली कस्तो छ, मेरो बैङ्क ब्यालेन्स कति छ, मैले कालो धन कहाँ लुकाएको छु, आएर हेर्नुहोस् । म देखाइदिन्छु ।’