सरकारले द्वन्द्व निम्त्यायो: काङ्ग्रेस - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

सरकारले द्वन्द्व निम्त्यायो: काङ्ग्रेस



काठमाडौं- सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्नुपर्ने काम नगर्ने, पूर्वाग्रही रुपमा अनावश्यक काममा हात हालेर द्वन्द्व बढाउन खोजेको बताए ।

‘केपी ओली नेतृत्वको सरकारलाई जनताको काम गर्न प्रतिपक्षी दलले सहयोग गरिरहेको अवस्थामा पूर्वाग्रही रुपमा प्रदेश प्रमुखलाई बर्खास्त गरेको छ,’ प्रवक्ता शर्माले भने ।  २०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशका प्रमुखहरुको नियुक्त गरेको थियो ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुख बर्खास्त गरेकी थिइन्।