डीभी २०१९ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्
काठमाडौँ । अमेरिकी सरकारले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) – २०१९ को नतिजा आज सार्वजनिक हुँदैछ । अमेरिकी समयअनुसार मङ्गलवार मध्याह्न सार्वजनिक हुने नतिजा नेपाली समयअनुसार राति पौने ९ बजेपछि हेर्न सकिने छ ।
आफूलाई डिभी परे/नपरेको थाहा पाउन अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डीभी चिट्ठा भर्दा पाएको नम्बर, थर र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ ।
यहाँ गएर हेर्नुहोस्, नतिजा : https://www.dvlottery.state.gov/