'दुवाथोलन'मा आर्मीको कब्जा - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

'दुवाथोलन'मा आर्मीको कब्जा



हिमाल पोष्ट \काठमाडौं, बैशाख २ 

 

भक्तपुरमा पहिलो पटक सम्पन्न दुवाथोलन खेलमा नेपाल आर्मीले कब्जा जमाएको छ ।  भक्तपुर ट्राइथालेन संघले आयोजना गरेको दुवाथोलन खेलमा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो बिधाको उपाधि नेपाल आर्मीले कब्जामा लिएको हो ।

त्यस्तै महिला तर्फको बिद्यामा समेत नेपाल आर्मीले आफ्नो कब्जा कायम राखेको छ । पुरुष तर्फ क्रमश: त्रिभुवन आर्मीका मान बहादुर थापा, हिमाल टमटा र बसन्त थारुले उपाधि कब्जा गर्न सफल भएका छन् ।

त्यस्तै महिला तर्फ क्रमश त्रिभुवन आर्मीका पुष्पा कुमारी भण्डारी, हिमालयन याक्सनका लक्ष्मी मगर र आर्मीकै मञ्जु खड्का उपाधि जित्न सफल भएका छन् ।

बिजेताहरुलाई प्रथम दश हजार , दोस्रो पाँच हजार र तित्रिय हुनेलाई तीन हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । पुरुष तर्फका बिजेताहरुलाई नेपाल ट्राईथोलवन एशोसियसनका केन्द्रिय महासचिब निलेन्द्र राज श्रेष्ठ र महिला तर्फका बिजेतालाई भक्तपुर प्रहरी परिसरका प्रमुख किरण राणाले प्रदान गरेका थिए ।

६० भन्दा बढी खेलाडीको सहभागिता रहेको दुवाथोलन दौडने र साईकल चलाएर खेल सम्पन्न गरिएको थियो । भक्तपुरको दत्रातय मन्दिर बाट दौडदै आएका खेलाडीहरुले पाँच तले मन्दिरमा रहेको साईकल लिएर दुधपाटी , सल्लाघारी , सूर्यबिनायक च्यामासिंह हुँदै पाँच तले मन्दिरमा आएर फेरी साईकल राखि दौडदै दरवार क्षेत्र इताछें हुँदै पाँच तल मन्दिर पुगेका थिए ।

स्वस्थ रहन खेलौं र खेलको माध्यम बाट पर्यटन प्रर्वदनमा सहयोग पुराऔं भन्ने नाराका साथ नयाँ बर्षको आगमन र नेवार समुदायको प्रमुख जात्राका रुपमा परिचित बिस्केट जात्राको अवसरमा उक्त दुवाथोलन खेल आयोजना गरिएको भक्तपुर ट्राईथालेन संघका महासचीव राकेश श्रेष्ठेल जानकारी दिए ।