अब कामदार मागमा दूतावासको सिफारिस अनिवार्य - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अब कामदार मागमा दूतावासको सिफारिस अनिवार्य



सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पूर्वस्वीकृति दिँदै आएको थियो।

वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारदाताको कामदार मागपत्र प्रमाणीकरणका लागि गन्तव्य मुलुकस्थित नेपाली दूतावास र कामदार माग्ने देशको चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको सिफारिस हुनुपर्ने व्यवस्था गरे पनि मेनपावर कम्पनीले प्रमाणीकरण नोटरी पब्लिक र चेम्बर अफ कमर्सबाट मात्र गराउँदै आएका थिए ।

कामदार मागपत्रको सिफारिसमा दूतावासको भूमिका कतै नदेखिएपछि सरकारले अबदेखि बाध्यकारी रूपमा दूतावासको सिफारिस चाहिने निर्णय गरेको हो।, यो खबर आजको नागरिक दैनिकमा छ ।